Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा थपिए ८६७ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

२४ घण्टामा थपिए ८६७ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

  • शनिवार, आश्विन १६ २०७८

  • 489
    SHARES

  • २४ घण्टामा थपिए ८६७ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५हजार ५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २ हजार ६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार पछिल्लो सोहि अवधिमा १ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ६७ हजार ८१९ जना निको भइसकेका छन् ।
    अहिले देशभर १७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा र १हजार २७१ जना संस्थागत आइसोलेसनमा छन् । ती मध्ये ३५० जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
    पछिल्लो २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।


    शनिवार, आश्विन १६ २०७८०५:१४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij