गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२१–२०२३) कार्यकालका लागि उपाध्यक्ष पदमा राजेन्द्रकुमार (आरके) शर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
एनआरएनएका वर्तमान आइसीसी सचिवसमेत रहेका शर्माले १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
खाडि मुलुक कतारलाई कार्यथलो बनाएर स्वदेश र विदेशका विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका शर्मा प्रवासमा रहेका नेपाली व्यवसायीसँगै श्रमिकहरुको हकहितका लागि सक्रिय हुनुहुन्छ ।
उपाध्यक्ष पदमा उम्मेदवारी दिने क्रममा शर्माले आफ्ना ७ बुदे प्रतिवद्धतासमेत सार्वजनिक गर्नुभएको छ ।
१) वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र सम्मानित तुल्याउन पहल गर्ने।
२) गैरआवासीय नेपाली नागरिकताको सम्बन्धी कानुन ल्याइ कार्यान्वयन गर्न पहल गर्ने।
३) विदेशबाट पठाएको ६० प्रतिशतभन्दा धेरै रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। यसलाई देश विकास तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्ने। त्यस्तै १० अर्बको एनआरएन नेपाल डेभलपमेण्ट फण्डमा विशेषगरी श्रमिक बर्गको लगानी सुनिश्चितता गर्ने।
४) स्वदेशमा पर्यटन प्रवद्र्धन गर्ने र विदेशमा नेपाल चिनाउन दत्तचित्त भएर लाग्ने।
५) मध्यपूर्व, अफ्रिका अथवा विश्वका जुनसुकै कुनामा रहेका नेपालीले दुःख पाउँदा निश्वार्थ भावले सहयोग गर्ने। विदेशमा रहेका कलाकार, खेलाडी, स्वास्थ्यकर्मी, विद्यार्थी र विभिन्न पेशाकर्मीको छुट्टै सञ्जाल बनाएर राष्ट्र विकासमा टेवा पु¥याउने काम सुरु गर्ने।
६) संसारभर रहेका नेपाली विरताको गाथाका रुपमा चिनिएका गोर्खाजहरुको समान हक र अधिकारका लागि लड्ने।
७) एनआरएनएको स्रोत साधन राष्ट्र विकासको अभियानमा केन्द्रित गराउन पहल गर्ने।