काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामासंक्रमण देखिएकोे छ ।
यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् ।
आज थपिएकासँगै नेपालमा संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । जसमध्ये ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन् भने ११ हजार ९६ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ती मध्ये ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
मन्त्रालयका अनुसार आज थपिएकामा सबैभन्दा धेरै काठमाडौं २३२, कास्कीमा ८४, झापामा ७८, मोरङमा ७९ संक्रमित छन् ।
यस्तै रुपन्देहीमा ३१, सुनसरी र ललितपुरमा २४/२४, भक्तपुरमा २३, चितवनमा २२, कैलालीमा १४ र इलाममा १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।