काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा आज संघका पूर्व उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुहुने भएको छ ।
झण्डै एक महिना पछाडि हुने निर्वाचनका लागि उहाँले यसअघि देखि नै प्रचार प्रसार गर्दै आएपनि औपचारिक घोषणा भने आज गर्नुहुने भएको हो ।
काठमाडौमा घोषणा सभाको आयोजना गरी आगामी दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्न लागेको उहाँले जानकारी दिनुभएको छ ।
यसअघि नौँ महाधिवेशनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित हुनुभएका आचार्यले अहिले भने जित्ने अनुमान धेरैले गरेका छन् ।
लामो समय गैरआवासीय नेपाली संघको अभियानमा लाग्नु भएका आचार्य अहिले बेलायत निवासी नेपाली हुनुहुन्छ ।