Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी घोषणा

कांग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी घोषणा

  • शनिवार, आश्विन ९ २०७८

  • 816
    SHARES

  • कांग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी घोषणा

    काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताउनुभयो ।

    नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको उल्लेख गर्दै १४ औँ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी समेत दिनुभयो ।

    उहाँले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको बताउनुभयो ।

    नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताउनुभयो ।


    शनिवार, आश्विन ९ २०७८०५:२७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij