Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमित थपिनेको संख्या एक हजार भन्दा कम, ६ जनाको मृत्यु

कोरोना संक्रमित थपिनेको संख्या एक हजार भन्दा कम, ६ जनाको मृत्यु

  • शनिवार, आश्विन ९ २०७८

  • 967
    SHARES

  • कोरोना संक्रमित थपिनेको संख्या एक हजार भन्दा कम, ६ जनाको मृत्यु

    काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १३७१ जना संक्रमणमुक्त भएका छन् ।

    कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ, जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा छन् भने त्यस्तै १३६० जना संस्थागत आइसोलेसनमा छन् ।

    कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना संक्रमित भेटिएका छन् ।

    त्यस्तै चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


    शनिवार, आश्विन ९ २०७८०५:२२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij