Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप १२ सय ३९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

थप १२ सय ३९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

  • बिहिवार, आश्विन ७ २०७८

  • 350
    SHARES

  • थप १२ सय ३९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १३ सय २४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।

    जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन् ।


    पछिल्लो २४ घण्टामा काठमाडौंमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएका छन् ।

     


    बिहिवार, आश्विन ७ २०७८०४:३१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij