काठमाडौँँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।
आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ । जसमध्ये ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५९ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार हाल देशभ २१ हजार १३९ जना र सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ती मध्ये ३३४ जना आईसीयू र १९९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४३ जना क्वारेन्टाइनमा रहेका छन् ।