Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डा. केसीले आज न्युयोर्कमा प्रदर्शन गर्ने

डा. केसीले आज न्युयोर्कमा प्रदर्शन गर्ने

  • मंगलवार, आश्विन ५ २०७८

  • 344
    SHARES

  • डा. केसीले आज न्युयोर्कमा प्रदर्शन गर्ने

    काठमाडौं । स्वास्थ्य शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले आज अमेरिकाको न्युयोर्कमा शान्तिपुर्ण प्रदर्शन गर्नुहुने भएको छ ।

    विश्व शान्ति दिवसको अवसरमा आज न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अघिल्तिर हुने प्रदर्शनमा सहभागी हुन उहाँ हिजो नै न्युयोर्क पुग्नु भएको छ ।

    उहाँले आज प्रदर्शनका क्रममा मुख्य चारवटा विषय उठाउनुहुने जनाइएको छ । डा. केसीले आज विश्वमा बढ्दै गएको द्वन्द्वलाई न्यूनीकरण, बढ्दै गएको पर्यावरणीय विनाशमा कमी, सबैका लागी शिक्षा र स्वास्थ्य तथा सबैका लागि कोभिडविरुद्धको खोप उपलब्ध होस भन्ने माग राख्दै शान्तिपुर्ण प्रदर्शन गर्न लाग्नु भएको हो ।

    यी चारवटै विषयहरु विश्वकै माग भएको र यसबाट नेपाल पनि अछुतो नभएकोले यो प्रदर्शनबाट विश्वको ध्यानाकर्षण हुनेमा आफु विश्वस्त भएको उहाँको भनाई छ ।


    मंगलवार, आश्विन ५ २०७८०८:५९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij