Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सरकारी सहुलियत पसलमा ग्राहकको घुइचो, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

सरकारी सहुलियत पसलमा ग्राहकको घुइचो, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

  • मंगलवार, आश्विन ५ २०७८

  • 968
    SHARES

  • सरकारी सहुलियत पसलमा ग्राहकको घुइचो, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

    काठमाडौं । सरकारले सुरु गरेको सहुलियत पसलमा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । असोज १ गतेदेखि सञ्चालनमा आएको उक्त सहुलियत पसलमा सर्वसाधारणको पहिलो र दोस्रो दिनमै घुइँचो देखिएको हो ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख ज्ञानु थापाका अनुसार सहुलियत पसल सञ्चालन गरिएको पहिलो दिन पनि ग्राहकले लाइनमा बसेर थापाथली वितरण केन्द्रबाट खाद्य सामग्री खरिद गरेका थिए ।

    पसल सञ्चालनमा आएको दोस्रो दिन शनिबार सहुलियत पसल बन्द थिए । तर, असोज ३ गते सार्वजनिक विदा भएतापनि पसल सञ्चालन गरिएको प्रादेशिक प्रमुख थापाले जानकारी दिनुभयो ।

    सामान खरिद गर्न आउँनेहरुलाई सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ । साथै कोभिड संक्रमणलाई मध्यनजर गर्दै अनलाइन अडर मार्फत होम डेलिभरीको समेत व्यवस्था गरिएको थापाले बताउनुभयो ।

    सहुलित मूल्यको पसल देशका ३९ जिल्लाको ४३ भन्दा बढी स्थानमा रहेको खाद्य संस्थानले जनाएको छ ।

    उक्त सहुलियत पसलमा सबै किसिमका चामल, गहँु, दाल, चिउरा, आटा÷पिठो, तोरीको तेल, सनफ्लावर तेलमा प्रति के.जी.÷प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिइने छ भने कर्णालीको सिमि÷फापरको दाना, जिउँदो खसि÷बोकामा प्रति के.जि १० रुपैयाँसम्म छुट दिने व्यवस्था रहेको छ ।

    सहुलियत पसल सञ्चालन गर्दा विक्री कक्षबाट अनिवार्य रुपमा उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर उल्लेख गरि विक्री भएको खाद्यवस्तु र छुट रकम उल्लेख भएको प्रत्येक उपभोक्तालाई विल दिनु पर्ने व्यवस्था गरिएको छ ।

    उक्त सहुलियत पसल कार्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।


    मंगलवार, आश्विन ५ २०७८०८:४८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij