Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस महाधिवेशन : १३ जिल्लाको वडा अधिवेशन फेरि सर्ने

कांग्रेस महाधिवेशन : १३ जिल्लाको वडा अधिवेशन फेरि सर्ने

  • सोमवार, आश्विन ४ २०७८

  • 580
    SHARES

  • कांग्रेस महाधिवेशन : १३ जिल्लाको वडा अधिवेशन फेरि सर्ने

    काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंग्याउनका लागि गठित कार्यदलले प्रदेश २ का केही जिल्ला र कैलालीका सन्दर्भमा नयाँ निर्णय लिए पनि १३ जिल्लाको नामावली टुंग्याउन सकेको छैन ।

    कार्यदलले महाधिवेशनको सन्दर्भमा वडादेखि हुने अधिवेशन कार्यतालिका नसर्नेगरी कार्यसम्पादन गराउन आवश्यक रहेको सुझाव शीर्ष तहलाई दिएको छ ।

    कार्यदलका सदस्यत्रय कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकलाई शनिबारसम्म १३ जिल्लाको क्रियाशील सदस्यताको नाम टुंग्याउन जिम्मेवारी दिइएको हो ।

    नयाँ कार्यतालिका अनुसार असोज ५ भोली का लागि बाँकी जिल्लाको वडा अधिवेशन गर्ने कार्यतालिका बनाइएको थियो । उक्त कार्यतालिका कार्यान्वयन नहुने भएको छ ।

    आजसम्म क्रियाशील सदस्यको नामावली प्रकाशित नभएका कारणले भोली वडा अधिवेशन हुने सम्भावना टरेको निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित पश्चात् वडा अधिवेशनको तयारीका लागि कम्तिमा पाँच दिन लाग्ने समितिले जनाएको छ।

    क्रियाशील सदस्यता टुंगिन बाँकी रहेका जिल्लामा असोज ९ सम्म वडा अधिवेशन गर्ने गरी नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ ।
    गाउँ÷नगर पालिकाको अधिवेशन असोज ९ मा तोकिएकाले त्यसअघि वडा अधिवेशन सक्नैपर्ने अवस्था छ । भदौ ३० मा सूची प्रकाशित भएका सात जिल्लामा भने भोली वडा अधिवेशन हुने भएको छ ।

     


    सोमवार, आश्विन ४ २०७८०४:०७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij