Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धन फ्रिजबाट निकालिएको बरफको डल्लो हो, चुनावलगत्तै बिलाउँछः ओली

गठबन्धन फ्रिजबाट निकालिएको बरफको डल्लो हो, चुनावलगत्तै बिलाउँछः ओली

  • शनिवार, आश्विन २ २०७८

  • 1.0K
    SHARES

  • गठबन्धन फ्रिजबाट निकालिएको बरफको डल्लो हो, चुनावलगत्तै बिलाउँछः ओली

    काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई फ्रिजबाट निकालिएको बरफको डल्लोको संज्ञा दिँदै चुनावपछि उक्त बरफको डल्लो बिलाएर जाने दाबी गर्नुभएको छ ।

    आज एमाले निकट कर्मचारी संगठनको कार्यक्रममा ओलीले अबको १४ महिनामा चुनाव हुने र त्यसपछि सत्ता गठबन्धनमा रहेका दलहरु बरफको डल्लो हराएझैँ हुने दाबी गर्नुभयो ।

    आफूले चुनाव गराउन खोज्दा सत्ता गठबन्धनमा रहेका दलहरुले प्रतिगमन हुने भयो भन्दै विरोध गरेको उल्लेख गर्दै ओलीले अब त १४ महिनापछि अनिवार्य चुनाव गराउनैपर्ने बताउनुभयो ।

    तर सत्तारुढ गठबन्धनका नेताहरुले भने चुनावपछि एमालेको शक्ति थप क्षयिकरण हुने दाबी गरेका छन् । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले आगामी चुनावमा केपी ओलीहरु झनै कमजोर हुने दाबी गर्नुभयो ।

    आफूहरुको विद्रोहको धक्काले एमालेमा रहेर ओलीको छहारी खोजिरहेकाहरुलाई ओत लाग्ने ठाउँ समेत प्राप्त नहुने झाक्रीको दाबी छ । एमालेलाई खड्गप्रसाद ओलीको कम्पनीको संज्ञा दिँदै उहाँले उक्त कम्पनी भत्किने क्रम सुरु भैसकेको बताउनुभयो ।

    सत्तारुढ गठबन्धनका कतिपय नेताहरुले एमालेलाई पाखा लगाउने घोषणा गरिहँदा कतिपय नेताहरु भने आफ्नै सरकारको खरो आलोचनामा उत्रेका छन् ।

    प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार चलाउने कत्ति पनि ढंग नपुगेको बताउनुभयो ।

    सरकारका क्रियाकलापहरुबारे उठेका प्रश्नहरुको आफूहरुले जवाफ दिन सक्ने स्थिति पनि नरहेको थापाले बताउनुभयो ।

    तर कांग्रेसकै अर्का नेता आनन्दप्रसाद ढुंगानाले भने गठबन्धन सरकार चलाउन भने जति सजिलो नहुने बताउनुभयो । सबै दल र दलभित्रका पनि विभिन्न गुटहरुको चित्त बुझाउनुपर्ने हुँदा गठबन्धन सरकारले चाहे अनुरुप काम गर्न नसकेको उहाँले बताउनुभयो ।

    शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिता बितिसक्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सभामुख र प्रमुख विपक्षी दलको द्वन्द्वले संसद चल्न सकिरहेको छैन ।

    यस्तो अवस्थामा सरकार इतिहासकै कमजोर अवस्थाबाट गुज्रिरहेको भन्दै आलोचना भइरहेको छ ।


    शनिवार, आश्विन २ २०७८०७:३३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij