Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नयाँ बजेट एकदमै सकारात्मक : अर्थमन्त्री शर्मा

नयाँ बजेट एकदमै सकारात्मक : अर्थमन्त्री शर्मा

  • शुक्रवार, आश्विन १ २०७८

  • 832
    SHARES

  • नयाँ बजेट एकदमै सकारात्मक : अर्थमन्त्री शर्मा


    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउदै लैजाने नीति सरकारले लिएको बताउनु भएको छ ।

    आज काठमाडौमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बिभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउदै लैजाने नीति लिएको बताउनुभयो।

    उहाँले मुलुकको परिवर्तनमा बलिदानी दिने घर परिवारलाई मासिक भत्ता दिने देखि जटिल बिरामीहरुलाई राहत प्रदान गर्ने निर्णय सरकारले गरेको र बजेटमा पनि समावेश गरिएको जानकारी दिनुभएको छ ।

    त्यस्तै गरिव घरपरिवारलाई एकपटकका लागी १० हजार रुपैया दिने निर्णय सरकारले गरेको उनले बताउनुभयो। अर्थमन्त्री शर्माले युवाहरुलाई उत्पादनसंग जोडेर मात्र मुलुकको आर्थिक बृद्धि सम्भव रहेको धारणा राख्नुभएको छ ।

    त्यस्तै मुलुकभर रहेका सामूदायिक बिद्यालयको स्तरोन्तती गर्न आवश्यक कार्यक्रमका साथै बजेटको व्यवस्था सरकारले गर्ने उहाँको भनाई छ ।


    शुक्रवार, आश्विन १ २०७८०५:५१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij