काठमाडौं । पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएकोसँगै ज्यान गुमाउनेको कुल संख्या १० हजार ९६५ पुगेको छ ।
यससँगै देशभर सक्रिय संक्रमितको कुल संख्या २६ हजार ६३० पुगेको छ ।