काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने २ हजार १६१ जना निको भएका छन् ।
आज थपिएकासँगै नेपालमा संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ । तीमध्ये १० हजार ८८९ जनाको मृत्यु भएको छ भने ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर २९ हजार ४७९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
आज थपिएकामा जिल्लागत रुपमा सबैभन्दा धेरै काठमाडौंमा ३४९, ललितपुरमा १५०, मोरङमा १३८, कास्कीमा १३२, सुनसरीमा ७५ र झापामा ७१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ६९, चितवनमा ५५, रुपन्देहीमा ५२, मकवानपुसरमा १९, नवलपरासी पुर्वमा १८, काभ्रेपलाञ्चोक र नुवाकोटमा ११\११ जना तथा धनकुटा र दाङमा १०\१० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।