काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ४२३ जना र ३ हजार ९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १ हजार ६७७ जनाा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२ जना संक्रमणमुक्त भएका छने भने २१ जनाको मृत्युभएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९८९ जना संस्थागत आइसोलेसनमा छन् ।