Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना अपटेडः १,८९७ जनामा संक्रमण, १,७४३ निको,२०को मृत्यु

कोरोना अपटेडः १,८९७ जनामा संक्रमण, १,७४३ निको,२०को मृत्यु

  • सोमवार, भाद्र २१ २०७८

  • 992
    SHARES

  • कोरोना अपटेडः १,८९७ जनामा संक्रमण, १,७४३ निको,२०को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी सो संख्यामो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् ।
    आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ । यसमध्ये ७ लाख २८ हजार ९२८ जना निको भएका छन् भने १० हजार ८५८ जनाको मृत्यु भइसकेको छ ।
    मन्त्रालयका अनुसार हाल देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमितका रहेका छन् । जसमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५१२ जना आईसीयू र १६३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    सोमवार, भाद्र २१ २०७८०५:११:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij