Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना संक्रमण

  • बिहिवार, श्रावण १५ २०७७

  • 839
    SHARES

  • गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । उनिहरुमा आज (विहिबार) कोरोना पुष्टी भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा प्रदेशका ६ जिल्लाका थप ३८ जना रहेका छन् । स्याङजाका ११ जना, बाग्लुङका ६, तनहुँका ३ जना, नवलपरासी पूर्वका एक जना, लमजुङका ३ जना र कास्कीका १४ जनामा कोरोना पाजेटिभ देखिएको हो ।

    नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
    अहिलेसम्म गण्डकी प्रदेशमा एक हजार २३० जना डिस्चार्ज भएर घर फर्किसकेका छन् भने संक्रमितको संख्या १ हजार ४७९ पुगेको छ ।


    बिहिवार, श्रावण १५ २०७७१२:०९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij