Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एनआरएनएसँग परराष्ट्रले माग्यो स्पष्टीकरण, जवाफ पठाउन पाँच दिने अल्टीमेटम

एनआरएनएसँग परराष्ट्रले माग्यो स्पष्टीकरण, जवाफ पठाउन पाँच दिने अल्टीमेटम

  • आइतवार, भाद्र २० २०७८

  • 1.2K
    SHARES

  • एनआरएनएसँग परराष्ट्रले माग्यो स्पष्टीकरण, जवाफ पठाउन पाँच दिने अल्टीमेटम

    काठमाडौं । परराष्ट्र मन्त्रालयले पाँच दिनको समय दिएर गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई स्पष्टीकरण सोधेको छ ।

    दशौं विश्व सम्मेलनको मिति नजिकिइरहेका बेला मन्त्रालयले संघको राष्ट्रिय समन्वय परिषद् तथा महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनका लागि भएका निर्वाचनमा देखिएको कमजोरी र धाँधलीका बारेमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्(आइसीसी)लाई स्पष्टीकरण सोधेको हो ।

    एनसीसीहरुको निर्वाचनमा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीहरुको अधिवेशनका लागि तोकिएको मिति भन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मिति भन्दा पछि पनि महाधिवेशन प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरु नै निर्वाचन प्रक्रियामा सहभागी भएकोले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको, निर्वाचन आचारसंहिता पालना तथा लागू नगरिएको, महाधिवेशन प्रतिनिधिहरुको विबरण संघको वेभसाइटमा प्रकाशित नगरिएको लगायतका विषयमा मन्त्तालयले एनआरएनए आइसीसीसँग स्पष्टीकरण माग गरेको हो ।

    गैर आवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । संघको दशौं विश्वसम्मेलनका लागि मन्त्रालयले पनि छुट्टै समिति गठन गरिसकेको छ ।

    जापान लगायतका केही देशहरुको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा संघकै उच्च नेतृत्वले हस्तक्षेप गरी स्वच्छ र निष्पक्ष निर्वाचन हुन नदिएको उजुरीपछि मन्त्रालय तातेको हो । परराष्ट्र मन्त्रालयले संघलाई यसरी स्पष्टीकरण सोधेको पहिलो पटक हो । मन्त्रालयले पाँच दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

    ‘माथि उल्लेख गरिएका विषयमा के भएको हो, सत्य तथ्य के हो , आजका मितिले पाँच दिन भित्र सत्य तथ्य जानकारी पठाइदिनु हुन निर्देशनानुसार अनुरोध छ’ मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीद्वारा लेखिएको पत्रमा उल्लेख छ ।

    मन्त्रालयले ‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र अब हुने दशौं महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन स्वच्छ, धाँधलीरहित, निष्पक्ष र विश्वासनीय बनाउन संघले के कस्तो व्यवस्था गरेको छ सो बारेमा समेत विस्तृत जानकारी गराउन’ संघलाई निर्देशन दिएको छ ।

    संघको एनसीसीहरुलाई अधिवेशन गर्न जुलाई १ देखि ३१ सम्मको मिति तोकेको थियो । अधिकांश एनसीसीहरुमा अनलाइन निर्वाचन गरिएको थियो । तर, अनलाइन निर्वाचन भनिएपनि निर्वाचनको निष्पक्षतामा भने धेरै स्थानमा प्रश्न उठेको थियो ।


    आइतवार, भाद्र २० २०७८०७:२१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij