Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१,२६८ संक्रमित थपिँदा २,१९५ जना संक्रमणमुक्त

१,२६८ संक्रमित थपिँदा २,१९५ जना संक्रमणमुक्त

  • शनिवार, भाद्र १९ २०७८

  • 1.0K
    SHARES

  • १,२६८ संक्रमित थपिँदा २,१९५ जना संक्रमणमुक्त

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ । जसमध्ये २९ हजार ६५८ जना होम आइसोलेसनमा र २१६८ जना संस्थागत आइसोलेसनमा छन् ।

    काठमाडौँमा २८९, कास्कीमा १४३, झापामा ७९, सुनसरीमा ६५, ललितपुरमा ५३, मोरङमा ४५, भक्तपुर र रुपन्देहीमा ४४र४४, बाँकेमा ३०, चितवनमा २६, मकवानपुरमा २५, कैलालीमा २३ जना र नवलपारी पूर्वमा ११ जना संक्रमित भेटिएका छन् ।


    शनिवार, भाद्र १९ २०७८०५:२७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij