Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२२ सय संक्रमित थपिए, १६ जनाको मृत्यु

२२ सय संक्रमित थपिए, १६ जनाको मृत्यु

  • सोमवार, भाद्र १४ २०७८

  • 634
    SHARES

  • २२ सय संक्रमित थपिए, १६ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा २२ सय ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    १६ हजार २३३ वटा नमूना (पीसीआर ११,८९२ र एन्टीजेन ४,३४१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ जनाको मृत्यु भएको छ भने १८ सय ०८ जना निको भएका छन् ।

    गत २४ घण्टामा ५ लाख ९७ हजार ५९८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७३० जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५६८ जना, भेन्टिलेटरमा १६० जना, होम आइसोलेशनमा ३३,३३३ जना, संस्थागत आइसोलेशनमा २,५४१ र क्वारेन्टाइनमा ३३८ जना रहेको तथ्यांकमा उल्लेख छ ।


    सोमवार, भाद्र १४ २०७८०५:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij