काठमाडौँँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार २१४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोहि अवधिमा २ हजार २६० जना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।
आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ । यसमध्ये ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् भने १० हजार ७१४ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसमध्ये ६२५ जना आईसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्लागत रुपमा आज सबैभन्दा धैरै काठमाडौंमा ३१२, कास्कीमा १७५, ललितपुरमा ११४, मोरङमा ११० र सुनसरीमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काभ्रेपलाञ्चोकमा ५३, भक्तपुरमा ५२, झापामा ४८, सिन्धुपाल्चोकमा २८, बागलुङमा २४, रुपन्देहीमा २३ जनामा कोरोना संक्रमण देखिएको छ । पाँचथरमा १८, पर्वत र म्याग्दीमा १७\१७ जना, लमजुङमा १६, स्याङजामा १४ र सुर्खेतमा १३ जान संक्रमित थपिएका छन् ।