Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एनआरएनएका अन्तर्राष्ट्रिय सचिव शर्माद्धारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

एनआरएनएका अन्तर्राष्ट्रिय सचिव शर्माद्धारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

  • शुक्रवार, भाद्र ११ २०७८

  • 961
    SHARES

  • एनआरएनएका अन्तर्राष्ट्रिय सचिव शर्माद्धारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव आरके शर्माले आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आगामी सन् २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि उहाँले उपाध्यक्ष पदमा आफ्ना ६ आधारसहित उम्मेदवारी घोषणा गर्नु भएको हो ।

    सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रवद्र्धन र विदेशमा नेपाल चिनाउने, एनआरएनमा सबैको स्वामित्व र गोर्खाजको सम्मानित अधिकार आफ्नो उम्मेदवारीका मुख्य आधार भएको उहाँले उल्लेख गर्नु भएको छ ।

    आफ्नो घोषणापत्र सार्वजनिक गर्दै उहाँले वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान, अफ्रिका लगायतका देशमा रोजगार गर्ने कामदारका मुद्दालाई आफुले पहिलो प्राथमिकतामा राख्ने जनाउनु भएको छ ।
    “आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको सही सम्मान हुन सकेको छैन । देश धान्ने हिरोहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ ।

    सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्न र स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न मेरो उम्मेदवारी हो,” उहाँको घोषणापत्रमा लेखिएको छ ।

    त्यसैगरी सन् २००५ देखि उठ्दै आएको गैरआवासिय नेपाली नागरिकताको विषयलाई नेपालको संविधान २०७२ ले नै सुनिश्चित गर्दापनि अहिलेसम्म लागु हुन नसकेकाले लागु गराउन आफ्नो तर्फबाट हरसंभव प्रयत्न गर्ने उहाँले अठोट गर्नु भएको छ । गैरआवासिय नेपालीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली ऐन बनाउन पनि आफु सक्रिय रहने शर्माले उल्लेख गर्नु भएको छ ।

    विदेशबाट पठाएको रेमिट्यान्सको ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको उल्लेख गर्दै उहाँले रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गरी विकासमा लगाउने बताउनु भएको छ । आफ्नो चौथो आधारको रुपमा उहाँले पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्ने प्रतिवद्धता जनाउनु भएको छ ।

    पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु संचालन गर्न दत्तचित्त भएर लाग्ने योजना र विदेशमा नेपाल र नेपालीपन झल्काउन पहल गर्ने उहाँले बनाउनु भएको छ ।

    एनआरएनए धनीहरुको मात्रै संस्था भन्ने भ्रमलाई चिर्दै विदेशमा रहनुभएका सवै नेपालीहरुको साझा संस्थाका रुपमा विकास गर्ने लक्ष्य उपाध्यक्षका उम्मेदवार शर्माको छ । “मध्यपूर्वमा नेपालीलाई समस्या पर्दा होस् वा अफ्रिकामा नेपाली चेली परिबन्दमा पर्दा, चाहे विश्वकै कुनै कुनामा नेपालीले दुख पाउँदा एनआरएन सधै निःस्वार्थ रुपमा खट्नु पर्छ । यसमा मेरो भूमिका अग्रपंक्तिमा रहनेछ ।

    विदेशमा रहेका कलाकार, खेलाडी, स्वास्थ्यकर्मी, विद्यार्थी र विभिन्न पेशाकर्मीको छुट्टै सञ्जाल बनाएर राष्ट्र विकासमा टेवा पु¥याउने कार्यको शुरुवात गर्नेछु । भावनात्मक एकतासहितको बलियो संगठन बनाउन पहल गर्नेछु” उहाँले घोषणापत्रमा लेख्नु भएको छ ।

    विदेशमा दक्ष काम गरिरहेका गैरआवासीय नेपालीहरुको सीपको पहिचान र क्षमता अभिवृद्धी गरेर भोलिका दिनमा दक्ष तथा विज्ञ नेपालीहरु विदेशमा होइन नेपालमा नै योगदान दिने वातावरण बनाई सम्बृद्ध नेपाल निमार्णका लागि टेवा पुग्ने परियोजनाहरु ल्याउने पनि उहाँले उद्धेश्य राख्नु भएको छ ।

     


    शुक्रवार, भाद्र ११ २०७८०९:२२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij