Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश दुईको सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण

प्रदेश दुईको सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण

  • बुधवार, श्रावण १४ २०७७

  • 632
    SHARES

  • प्रदेश दुईको सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण

    जनकपुरधाम । प्रदेश दुईको सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका स्टोर किपर, सवारी चालक र एकजना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

    प्रदेशको स्वास्थ्य निर्देशनालयका सह–निर्देशक विजय झाले मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको छ । मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा पोजेटिभ देखिएको बताउनुभयो ।


    बुधवार, श्रावण १४ २०७७०४:५४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij