Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२ हजार ४३३ संक्रमित थपिए, २६ जनाको मृत्यु

२ हजार ४३३ संक्रमित थपिए, २६ जनाको मृत्यु

  • बिहिवार, भाद्र १० २०७८

  • 659
    SHARES

  • २ हजार ४३३ संक्रमित थपिए, २६ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ३७४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

    त्यस्तै, १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

    यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ।

    हाल सक्रिय संक्रमित ३८ हजार ३८४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.५ प्रतिशत रहेको छ।

    यस्तै नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ७३३ जना छन्। काठमाडौँमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जना संक्रमित थपिएका हुन्।


    बिहिवार, भाद्र १० २०७८०५:२२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij