काठमाडौँ – नेपालमा बुधबार थप २१० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २१० जना संक्रमित थपिएका बुधबार जानकारी दिए।
उनका अनुसार योसँगै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५३६० रहेको छ । प्रवक्ता डा. गौतमले काठमाडौँका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ६०३७ जनाको पीसीआर परीक्षण गरिएको थियो । हाल १४ हजार ४सय ७१ जना क्वारेन्टिनमा रहेका प्रवक्ता गौतमले बताए।
यस्तै कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ । पछिल्लो चौबिस घण्टामा १४६ जना संक्रमण मुक्त भएका गौतमले बताए।