Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
महन्थले अन्तरिम आदेश पाएनन्

जसपा विवादमा आयोगको निर्णयलाई सर्वोच्चको मान्यता

जसपा विवादमा आयोगको निर्णयलाई सर्वोच्चको मान्यता

  • सोमवार, श्रावण ३२ २०७८

  • 551
    SHARES

  • जसपा विवादमा आयोगको निर्णयलाई सर्वोच्चको मान्यता

    काठमाडौँ – सर्वोच्च अदालतले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।

    अदालतले आयोगको निर्णयलाई नै मान्यता दिँदै ठाकुरको माग अश्वीकार गरेको हो । ठाकुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, ईश्वरी भट्टराईलगायतले बहस गरेका थिए ।

    उपेन्द्र यादवको पक्षबाट भने महादेव यादव, हरिहर दाहाल,मुक्ति प्रधान, दिनेश त्रिपाठी, टिकाराम भट्टराई, वीरेन्द ठाकुर, दिनमणि पोखरेल लगायतले बहस गरेका थिए ।


    सोमवार, श्रावण ३२ २०७८०६:१४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij