Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ३,४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

थप ३,४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

  • सोमवार, श्रावण ३२ २०७८

  • 540
    SHARES

  • थप ३,४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

    काठमाडौँँ । नेपालमा बितेको २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३५ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९३ जनाको पीसीआर परीक्षणमा २ हजार ५६६ र ५ हजार ५१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८५ जनामा गरी सो संख्यामा संक्रमण पुष्टि भएको छ ।

    यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ८५ हजार १४० संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेका छन् ।


    सोमवार, श्रावण ३२ २०७८०४:५३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij