Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

  • सोमवार, श्रावण ३२ २०७८

  • 944
    SHARES

  • अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

    एजेन्सी । तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ ।

    अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ । तथापि सरकारी पक्षबाट यसको पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

    तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् । उनी काजकिस्तानमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

    तालिबानले ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ रहेको तथा हिंसा नगर्न अपील गरिरहेको छ । तालिबानले मुलुक आफ्नो कब्जामा रहे पनि अब कसैले डराउन नपर्ने जनाएको छ । शान्तिपूर्ण सत्ता हस्तान्तरण नभए केही घण्टाभित्रै ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तालिबान नेताहरुले जनाएका छन् ।

    अमेरिकी दूतावास विमानस्थलमा

    राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरलाई अस्थायी रुपमा दूतवास बनाएको छ ।

    हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको हो ।

    विमानस्थल परिसरमा ४ हजार अमेरिकी सैनिक परिचालन गरेको अमेरिकाले धमाधम आफ्ना नागरिकको उद्धार गरिरहेको छ ।  अब अफगानिस्तानमा कार्यरत १ हजार ४०० अमेरिकी कर्मचारी पनि स्वदेश फर्काउने तयारी अमेरिकाले गरेको छ ।

    २० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको तालिबान फेरि लगभग सत्ता सम्हाल्ने अवस्थामा पुगेको छ ।

    अफगानिस्तानबाट अमेरिकी र नेटोआवद्ध सैनिक फिर्ताको क्रम शुरू भएको ४५ दिनमै तालिबानले राजधानी काबुल पनि नियन्त्रणमा लिएको हो ।


    सोमवार, श्रावण ३२ २०७८०६:४५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij