काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ७०८ जनाको पीसीआर परीक्षणमा २ हजार ७६३ र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १५२ जनामा गरी सो संख्यामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितको मृत्यु भएको छ । सोही २ हजार ११८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५८ हजार ५३२ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७४ हजार ३४ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७९ हजार ४९५ संक्रमणमुक्त भएका छन् भने १० हजार २३९ जनाको मृत्यु भएको छ । हाल निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ ।