Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुरक्षा उपाय अपनाउन कार्यालय र कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

सुरक्षा उपाय अपनाउन कार्यालय र कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

  • मंगलवार, श्रावण १३ २०७७

  • 584
    SHARES

  • सुरक्षा उपाय अपनाउन कार्यालय र कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    कोरोना संक्रमणदर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक कार्यालय र कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । लकडाउन सकिए पनि कोरोना भाइरस संक्रमणको जोखिम यथावत् रहेको भन्दै मन्त्रालयले सतर्क रहन आग्रह गरेको हो ।

    मन्त्रालयको आज (मंगलबार)को कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले कार्यालय छिर्नुअघि कर्मचारीहरुको अनिवार्य तापक्रम जाँच, मास्क लगाउन, स्यानीटाइजर प्रयोग, रुघाखोकी लागेको र ज्वरो आएका कर्मचारीलाई घरमै आराम गर्न लगाउने जस्ता सुरक्षाका उपाय अपनाउन अनुरोध गरेका हुन् ।

    कोरोना संक्रमणको जोखिमबाट बचाउन भन्दै चैत ११ देखि जारी गरेको लकडाउन यही ६ गते मंगलबार मध्यराति अन्त्य गरिएको थियो । तर एकाएक कोरोनाका संक्रमितहरुको संख्या बढ्ेपछि सरकारले अब नयाँ रणनिति तय गर्ने बुझिएको छ ।


    मंगलवार, श्रावण १३ २०७७०६:०२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij