Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको बैठक बस्दै, के छ कार्यसूचि ?

कांग्रेसको बैठक बस्दै, के छ कार्यसूचि ?

  • बिहिवार, श्रावण २८ २०७८

  • 682
    SHARES

  • कांग्रेसको बैठक बस्दै, के छ कार्यसूचि ?

    काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । अहिले केहीबेरपछि बूढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूचि छ ।

    भदौ १६ देखि १९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ । बुधबार पार्टीका शीर्ष नेताहरुबीच महाधिवेशनका बारेमा घण्टौं छलफल भएको थियो ।

    निर्धारित मितिमा महाधिवेशन नहुनेमा नेताहरु सहमत भए पनि नयाँ कार्यतालिकाका बारेमा भने कुरा मिल्न नसकेको बताइएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने पक्षमा हुनुहुन्छ । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ अघि नै अधिवेशन प्रारम्भ गरेर असोजमा महाधिवेशन गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

    वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता टुंग्याएपछि मात्रै महाधिवशेनको कार्यतालिका ल्याउनुपर्नेमा जोड दिनुभएको छ । संस्थापन पक्षले भने महाधिवेशनको कार्यतालिका ल्याउने गरी आन्तरिक तयारी गरिरहेको छ ।

     


    बिहिवार, श्रावण २८ २०७८०२:११:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij