काठमाडौँ । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणमा ३ हजार १९४ र ५ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा गरी सो संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयका जानकारी दिएको छ ।
यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २ हजार ११५ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् भने १० हजार १५० जनाको मृत्यु भएको छ ।
हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा, ३३ सय ४७ जना संस्थागत आइसोलेसनमा र ३८१ जना क्वारेन्टाइनमा रहेका छन् । ७७१ जनाको आइसीयू र १७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेकोे छ मन्त्रालयले जनाएको छ ।