Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा बैठकमा ओलीको देउवालाई प्रश्न :

'कालापानी–लिपुलेक फिर्ता ल्याउँछौं भन्न किन खुट्टा कमाएको ?’ (प्रत्यक्ष प्रशारणसहित)

'कालापानी–लिपुलेक फिर्ता ल्याउँछौं भन्न किन खुट्टा कमाएको ?’ (प्रत्यक्ष प्रशारणसहित)

  • मंगलवार, श्रावण २६ २०७८

  • 1.0K
    SHARES

  • 'कालापानी–लिपुलेक फिर्ता ल्याउँछौं भन्न किन खुट्टा कमाएको ?’ (प्रत्यक्ष प्रशारणसहित)

    काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रियताका मुद्दाहरुमा खुट्टा कमाएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभालाई सम्बोधन गर्दै उहाँले सरकारको साझा कार्यक्रममा कालापानी–लिपुलेकलाई फिर्ता ल्याउने कुरा नगरिएको भन्दै आपत्तिसमेत जनाउनुभयो ।

    ‘साझा कार्यक्रममा कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौं किन सक्नुभएन ? यसलाई कालापानी समस्या भनेर राख्नुभयो । के यो समस्या हो ? हाम्रो अभिन्न भू–भाग, पवित्र भू–भाग समस्या हुन्छ ? समस्या समाधान कसरी गर्ने त ?, उहाँको प्रश्न छ, ‘छोडिदियो भने त समाधान होला नि ! स्पष्टरूपमा फिर्ता लिन्छौं भन्ने कि समस्या हो समाधान गर्छों भन्ने ? त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’

    छिमेकीहरूसँग सीमा समस्या समाधान गर्ने भनेर साझा कार्यक्रममा उल्लेख नगरिएको विषयमा पनि ओलीले प्रश्न उठाउनुभएको छ ।

    ‘त्यो हाम्रो पवित्र भू–भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । सक्नुभएन भने ढेढ वर्ष पर्खिनुस् । हामी आउछौं’, उहाँले थप्नुभयो, ‘कुन–कुन देशसँग कहाँ–कहाँ के समस्या छ ? कति साह्रो डराएको ? जिब्रोबाट पनि रगत आइसक्यो होला चपाउँदा चपाउँदा !’

    अर्को प्रशंगमा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका ओलीले अस्वाभाविक ढंगले सरकार गठन भएपछि सत्तापक्षका सांसदहरू दशैँमा केटाकेटी रमाएजस्तो रमाइरहेको टिप्पणी गर्नुभयो ।

    बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार गठन भएको एक महिनासम्म पनि बधाइ दिने र खुशीयाली मनाउने काम चलिरहेको टिप्पणी गर्नुभएको हो ।

    ‘सत्तापक्षका सांसदहरू सदनमा दशैँमा केटाकेटी रमाएजस्तै रमाइरहेको देखिन्छ, सरकार गठन भएको एक महिनासम्म धन्यवाद र बधाई के को लागि ?,’ पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो ।

    संसद् पुर्नस्थापनापछि ओलीले पहिलोपटक संसद् बैठकलाई सम्बोधन गर्नुभएको हो ।

    सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद् बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाउनुभएको थिएन ।

     


    मंगलवार, श्रावण २६ २०७८०२:१९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij