Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा ३९३८ जनामा कोरोना संक्रमण पुष्टि : २०१२ निको, ३७ को मृत्यु

पछिल्लो २४ घण्टामा ३९३८ जनामा कोरोना संक्रमण पुष्टि : २०१२ निको, ३७ को मृत्यु

  • बिहिवार, श्रावण २१ २०७८

  • 899
    SHARES

  • पछिल्लो २४ घण्टामा ३९३८ जनामा कोरोना संक्रमण पुष्टि : २०१२ निको, ३७ को मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८७० जनाको पीसीआर परीक्षणमा ३ हजार ७ र ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३१ जनामा गरी कुल ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको छ ।

    आज काठमाडौँ उपत्यकामा मात्रै १ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जना रहेका छन् । 

    पछिल्लो २४ घण्टामा देशभर थप ३७ जना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा २ हजार १२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    आज थपिएकासँगै देशभर संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जना पुगेको छ । त्यसमध्ये ६ लाख ६३ हजार ६६३ जना निको भएका छन् भने हालसम्म ९ हजार ९९४ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर ३४ हजार ४२२ जना सक्रिय संक्रमितको रहेका छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तैे ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    बिहिवार, श्रावण २१ २०७८०५:१६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij