Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

के पम्फा भुसाल र पुष्पा भुसाल नातेदार हुन् ?

के पम्फा भुसाल र पुष्पा भुसाल नातेदार हुन् ?

  • बिहिवार, श्रावण २१ २०७८

  • 12.9K
    SHARES

  • के पम्फा भुसाल र पुष्पा भुसाल नातेदार हुन् ?

    काठमाडौं – माओवादी केन्द्रकी पम्फा भुसाल र कांग्रेस पुष्पा भुसाल दुवै अर्घाखाँचीका हुन् । फरक–फरक पार्टी र राजनीतिक पृष्ठभूमिका भए पनि उनीहरुबीच धेरै समानता छ । पहिलो त उनीहरु नाम पम्फा र पुष्पा मिल्दोजुल्दो छ । थर त एउटै ‘भुसाल’ भइहाल्यो । दुवैजना अर्घाखाँचीमै जन्मिएका हुन् । राजनीतिको पृष्ठभूमि पनि सोही जिल्ला हो । सबथोक मिल्दोजुल्दो भएकाले उनीहरु दिदीबहिनी वा कुनै नातेदार हुन् कि भन्ने परेको हुनसक्छ । अब जानौं उनीहरु दिदीबहिनी हुन् या कुनै नातेदार ? वा, उनीहरुबीच कुनै नाता पर्दैन ?

    यस्तो छ पम्फाको जीवनी र राजनीतिक यात्रा

    Pampha-Bhusal-Leftreviewonline-com.jpg

    पम्फाको जन्म आजभन्दा झण्डै ६० वर्षअघि अर्थात २०१९ साल साउन ४ गते अर्घाखाँचीको किमडाँडा – ५ आापखोलामा भएको हो । अहिले सो ठाउँ सन्धीखर्क नगरपालिका – ९ मा पर्छ । पम्फा पहिलो महिला पार्टी अध्यक्ष हुन् ।

    तत्कालिन जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी पम्फाले २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति गरेकी थिइन् । । २०३७ सालमा चौथो महाधिबेसनको सदस्यता लिएकी भुसाल २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य भइन् ।

    त्यसपछि, पम्फा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ललितपुर क्षेत्र नं. –३ बाट विजयी भएकी थिइन् । साथै, २०७४ मा पनि उनस् प्रतिनिधिसभा निर्वाचन,मा सोही ठाउँ (ललितपुर –३ )बाट विजयी भइन् ।

    विद्युत उपनामले चिनिने पम्फाका बुवाको नाम गोविन्द भुसाल हो । हालसम्म पनि उनी अविवाहित छिन् । उनका ५ दिदीबहिनी र एक भाइ छन् । उनी साहिली बहिनी हुन् ।

    हुनेखाने परिवारमा जन्मिएकी पम्फाले ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बनेकी थिइन् ।

    पम्फा अन्तरिमकालमा माओवादी व्यवस्थापिका संसद्मा प्रवेश गर्दा विधिायिका थिइन् । त्यसपछिको अन्तरिम सरकारमा उनी महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थिइन् । जसको नेतृत्व स्व. गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।

    साथै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पम्फा सामान्य प्रशासनमन्त्री बनेकी थिइन् ।

    त्यसपछि पुनः पम्फा मन्त्री बनिन् । झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भएकी थिइन् ।

    पम्फ हाल ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री छिन् । योसँगै उनी तीनपटक सांसद् र चारपटक मन्त्री बन्न सफल भएकी छिन् ।

    पुष्पाको जीवनी र राजनीतिक यात्रा

    Pushpa-Bhusal.jpg

    पुष्पाको जन्म ६१ वर्षअघि अर्थात २०१७ साल चेत ११ गते अर्घाखाँचीको सन्धीखर्कमा भएको थियो । हाल सो ठाउँ सन्धीखर्क नगरपालिका –८ मा पर्छ ।

    पुष्पा अहिले कांग्रेसकी समानुपातिक तर्फकी सांसद् हुन् । २०६४ को संविधानसभा निवर्वाचनमा अर्घाखाँची क्षेत्र नं.–२ बाट निर्वाचित भएकी थिइन् । अहिले उनी पुष्पा संसद्मा कांग्रेसकी सचेतक छिन् । पुष्पाले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसमेत गरेकी थिइन् । साथै, सोही अवधिसम्म वकालत पेशामा आवद्ध रहिसक्नुभएको छ । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी पुष्पा नेपाल वार एसोसिएसनकी केन्द्रीय सदस्यसमेत भएको थिइन् ।

    हाल पुष्पा पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव छिन् ।

    पुष्पाका पिता काशीनाथ गौतम २०१५ सालको बिपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री बनेका थिए । त्यसपछि उनका पिताले भारतमा निर्वासित जीवन बिताएका थिए । सोही प्रेरणाले उनी राजनीतिमा होमिएकी हुन् ।

    यी दुईबीच के नाता पर्छ ?

    पम्फा र र पुष्पा दुवै भुसाल थरका हुन् । तर एउटी भुसालकी छोरी हुन् भने अर्का बुहारी । पम्फा छोरीको रुपमा भुसाल परिवारमा जन्मिएकी हुन् । तर, पुष्पा भने भुसालकी बुहारी हुन् । डा. चोपलाल भुसालसँग विवाह गरेपछि पुष्पाले भुसाल थर लेख्न थालेकी हुन् ।

    पम्फा र पुष्पा दुवै अर्घाखाँचीका भुसाल परिवारका भए पनि उनीहरु नजिकका नातेदार भने होइनन् । पम्फाभन्दा पुष्पा झण्डै डेढ वर्ष जेठी छिन् । पुष्पाका श्रीमान् चोपलाल पम्फाभन्दा जेठा भएकाले भेट भएको वेला पम्फाले उनलाई दाइको साइनो भने लगाउन सक्छिन् । यसो गर्दा पुष्पा पम्फाकी भाउजु पर्छिन् ।

     


    बिहिवार, श्रावण २१ २०७८०४:१०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij