Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
पौडेल पक्षको निष्कर्ष :

‘समयमा महाधिवेशन नगर्ने हो भने पार्टीमा अरु विकल्पको खोजी हुन्छ’

‘समयमा महाधिवेशन नगर्ने हो भने पार्टीमा अरु विकल्पको खोजी हुन्छ’

  • बिहिवार, श्रावण २१ २०७८

  • 1.0K
    SHARES

  • ‘समयमा महाधिवेशन नगर्ने हो भने पार्टीमा अरु विकल्पको खोजी हुन्छ’

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको कुनै विकल्प नभएको निष्कर्ष निकालेको छ । संवैधानिक, कानुनी, राजनीतिक र नैतिक रूपमा महाधिवेशन पछि सार्ने ठाउँ सकिएको भन्दै पौडेल पक्षले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

    आज पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सिबारीमा बसेको बैठकबाट पौडेल पक्षले सभापतिको ध्यानाकर्षण गराउँदै समयमा महाधिवेशन हुन नसके पार्टीमा अरु विकल्पको खोजी हुने निष्कर्ष निकालेको छ ।

    ‘अहिले कांग्रेस महाधिवेशनको मुखमा छौँ, क्रियाशील सदस्यको विवाद टुंगिएको छैन’, बैठकपछि वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘यी सबै कुरा गरेर महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा कुराकानी भएको छ ।’

    उहाँले महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वले दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित निर्वाचन समितिलाई क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभयो । नेता पौडेलले पार्टी संवैधानिक रुपमै संकटमा परिरहेको भन्दै त्यसलाई बचाउन नेतृत्वले नै संवेदनशील हुनुपर्ने बताउनुभयो ।

    उहाँले सभापतिले समयमा विचार नपु¥याए पार्टी अवैधानिक बाटोमा जाने दाबी गर्दै त्यस्तो अवस्थाबाट जोगाउन अस्थायी व्यवस्थाका लागि विशेष महाधिवेशनको कुरा उठाएको बताउनुभयो । काँग्रेसका शीर्ष नेताहरुबीच बुधबार बसेको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका दुई दिनभित्र टुंगो लगाउने विषयमा छलफल भएको थियो ।

     


    बिहिवार, श्रावण २१ २०७८०३:५२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij