कुशप्रसाद मल्ली, उद्योगी
काठमाडौं । राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएकाहरूलाइ विभूषणका लागि सिफारिस गर्न सरकारले विभूषण समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषण समिति गठन गरेको हो ।
“राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्यारएका व्यक्तिलाई विभूण समितिमा नियुक्त गर्ने निर्णय भएको छ,” मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभये ।
समितिमा पूर्वउपकुलपति सुदूरुपश्चिम विश्वविद्यालय प्रा. श्रीमती भूषण श्रेष्ठ, त्रिभूवन विश्वविद्यालयका पूर्वरजिष्टार गोविन्दप्रसाद शर्मा, कलाकार मदनदाश श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्ली, सिभिल इन्जिनियर ओमप्रकाश महतो, नेपाली सेनाका उपरथी नरबहादुर कणेल रहनुभएको छ।