Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • मंगलवार, श्रावण १९ २०७८

  • 1.6K
    SHARES

  • सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

    काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र आचारसंहिता टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।

    सोमबार नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो । साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा सरकार सञ्चालनलाई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी छ ।

    केपी शर्मा ओलीको सरकारको विकल्पमा शेरबहादुर देउवा नेतृत्वमा असार २९ गते नै सरकार गठन भए पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन ।

    सत्तारुढ दलहरु आ–आफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन तथा सरकारको साझा कार्यक्रम बनाउन सकेका छैनन् ।

    प्रधानमन्त्री बनेको तीन साता भइसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीसँगै सत्ता गठबन्धनको आलोचना बढेको छ ।

     


    मंगलवार, श्रावण १९ २०७८१२:०६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij