Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
तुइन प्रकरण

दार्चुला घटनामा सरकारले खुट्टा कमाएको भन्दै सांसदहरुले गृहमन्त्रीलाई घेरे

दार्चुला घटनामा सरकारले खुट्टा कमाएको भन्दै सांसदहरुले गृहमन्त्रीलाई घेरे

  • सोमवार, श्रावण १८ २०७८

  • 1.0K
    SHARES

  • दार्चुला घटनामा सरकारले खुट्टा कमाएको भन्दै सांसदहरुले गृहमन्त्रीलाई घेरे

    काठमाडौँ – महाकाली नदी तर्ने क्रममा तुइन काटिदिएका कारण नेपाली युवक बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे सरकार मौन बसेको भन्दै सांसदहरुले गम्भीर आपत्ति जनाएका छन् ।

    राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले एसएसबीले तुइन काटेको प्रत्यक्षदर्शीले बयान दिँदा समेत यसबारे भारतलाई प्रश्न गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

    आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराउनुभएको थियो ।

    तर यो घटनामा भारतीय एसएसबीको संलग्नताबारे उहाँ मौन रहनुभयो । अझ नेपालको बाटो प्रयोग गर्दा दिनभर लाग्ने भएपछि जयसिंह सहितका युवकले छोटो बाटो प्रयोग गर्ने क्रममा घटना घटेको विवरण उहाँले सुनाउनुभयो ।

    गत शुक्रबार महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए । प्रतक्षदर्शीका अनुसार तुइनबाट खसेर जयसिंह बेपत्ता भएलगत्तै एसएसबीका जवानहरु घटनास्थलबाट भागेका थिए ।

    तर भारतीय पक्षले उक्त घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गर्दै वक्तव्य जारी गरेका बेला नेपाल सरकार भने भारतीय पक्षको दाबीलाई बल पुग्ने गरी मौन बसेको भन्दै सांसदहरुले आलोचना गरेका हुन् ।

    राष्ट्रियसभाको बैठकमा सांसद कोमल वलीले अत्यन्त अमानवीय घटनामा नेपाल सरकारले भारतलाई किन प्रश्न गर्न नसकेको भन्दै जवाफ माग गर्नुभयो ।

    अर्की सांसद भगवती न्यौपानले एसएसबीले तुइन कोटेपछि नेपाली युवक महाकालीमा बेपत्ता भएको घटनाले सिंगो देश स्तब्ध भएको तर गृहमन्त्री खाँणले हलुको टिप्पणी गरेको आरोप लगाउनुभयो ।

    एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि यसबारे सरकारले भारतलाई सोध्ने हिम्मत गर्न नसकेको उहाँले बताउनुभयो ।

    यस्तै सांसद भैरवसिंह श्रेष्ठले पनि उहाँकै शब्दमा कम्फरटेबल सरकारले भारतसँग दार्चुला घटनाबारे कुरा गर्न खुट्टा कमाएको भन्दै आलोचना गर्नुभयो ।

    सांसदहरुका प्रश्नका जवाफ दिँदै गृहमन्त्री खाँणले आम नागरिक र सांसदहरुको धारणालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभयो ।

    तर आफैले छानबिनका लागि समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी सरकारले अहिले नै राय दिन नमिल्ने बताउनुभयो । छानबिन समितिको प्रतिवेदन आएपछि सोही अनुसार कमद चाल्ने भन्दै उहाँले धैर्य गर्न आग्रह गर्नुभयो ।

    नेपालमा भारतको थिचोमिचो परम्परा बनेर बसेको छ । यो परम्परा भत्काउनका लागि दलहरुले प्रतिपक्षमा रहँदा चर्काे आवाज उठाउने गरेका छन् भने सत्तामा रहँदा ठिक उल्टो व्यवहार देखाउने गरेका छन् ।

    यो सिलसिला लामो समयदेखि चलिरहेको छ जसको परिदृष्य नै आज राष्ट्रियसभामा बैठकमा पनि देखिएको हो ।


    सोमवार, श्रावण १८ २०७८०७:५२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij