Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

इतिहास रच्दै एनआरएनए फ्रान्स अध्यक्षमा गीता निर्वाचित

इतिहास रच्दै एनआरएनए फ्रान्स अध्यक्षमा गीता निर्वाचित

  • सोमवार, श्रावण १८ २०७८

  • 1.2K
    SHARES

  • इतिहास रच्दै एनआरएनए फ्रान्स अध्यक्षमा गीता निर्वाचित

    काठमाडौं । पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै एनआरएनए फ्रान्सले तनहुँ म्याग्दे १ गुनादीकी गीता खनाल थापालाई निर्वाचित गर्दै इतिहास रचेको छ ।

    अध्यक्षको दौडमा रहेकी खनालले कुल खसेको चार सय ५८ मध्ये दुई सय ४८ मत पाएर जीत दर्ता गरिन् । उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले दुई सय १० मत पाए । अनलाइन पद्धतिबाट भएको निर्वाचनमा खनालले ३८ बढी मतान्तरले प्रतिष्पर्धी श्रेष्ठलाई हटाएकी हुन् ।

    यस अघिकी वरिष्ठ उपाध्यक्ष खनालले कागजात नभएका नेपालीलाई समेत पक्षपात नगरी सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने आदि नारा लिएर चुनावी दौड थालेकी थिईन्। उनको प्यानलका एक सदस्य बाहेक सबै विजयी भएका छन् ।

    निर्वाचनमा आइसीसी सदस्य अमर बहादुर भन्डारी र एकबहादुर मल्लबीच दुई सय २५ को बराबरी भएको छ ।

    अधिवेशनले उपाध्यक्षमा दुई सय ४८ मत सहित शिवराम भण्डारी तथा दुई सय २६ मतका साथ लोकबहादुर पुन, महासचिवमा दुई सय ५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भए ।

    यसैगरी सचिवमा दुई सय ५२ मतका साथ कमलविक्रम केसी तथा कोषाध्यक्षमा दुई सय ३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए ।


    सोमवार, श्रावण १८ २०७८०८:२९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij