Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतको जवाफ : तुइन प्रकरणमा हाम्रो संलग्नता छैन

भारतको जवाफ : तुइन प्रकरणमा हाम्रो संलग्नता छैन

  • आइतवार, श्रावण १७ २०७८

  • 1.1K
    SHARES

  • भारतको जवाफ : तुइन प्रकरणमा हाम्रो संलग्नता छैन

    काठमाडौं – दार्चुलामा एक युवा तुइनबाट नदीमा खसेको घटनामा आफ्नो संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय दार्चुलाले पठाएको पत्रको जवाफ फर्काउँदै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले घटनामा भारतीय पक्षको संलग्नता नरहेको दाबी गर्नुभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।

    पत्रमा घटना भएको बेला घटनास्थलमा भारतीय सुरक्षा बल (एसएसबी)को टोली रहेको तर टोली देखेर हडबडाएका युवा आफैँ नदीमा खसेको उल्लेख छ ।

    नदीमा मानिस तरिरहेको बेला तार नै काट्ने खालको काम आफूहरुबाट हुन नसक्ने दाबी गर्दै पत्रमा बेपत्ता भएका युवाको खोजीमा आफूहरुको तर्फबाट पनि टोली पठाएको उल्लेख भएको प्रजिअ जोशीले बताउनुभयो ।

    शुक्रबार बिहान भारतीय भूमिबाट सदरमुकाम खलङ्गा आउने बेला व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा व्यास गाउँपालिका २ का ३३ वर्षीय जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ ।

    धामीसँगै रहेकाहरुले एसएसबीले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय एसडिएम कार्यालयलाई पत्राचार गरेर घटनाको छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो ।

    धामीलाई एसएसबीले तुइन काटेर नदीमा खसालिदिएको दाबी गर्दै स्थानीयबासीले नेपाल प्रहरीमा उजुरीसमेत दिइसकेका छन् ।

    धामी ब्यास गाउँपालिकाबाट भारतको बाटो हँुदै दार्चुला जिल्ला सदरमुकाम खलंगा आइरहेका थिए । तुइनमार्फत नेपालतर्फ आइरहँदा नदीमा खसेका हुन् ।

    मृतकका आफन्तले पनि घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र दिएका थिए ।

     

     


    आइतवार, श्रावण १७ २०७८०२:५७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij