Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
तुइन प्रकरण :

छानबिनको माग गर्दै जिल्ला प्रशासनले भारतलाई पठायो पत्र, जवाफ आएको छैन (पत्रसहित)

छानबिनको माग गर्दै जिल्ला प्रशासनले भारतलाई पठायो पत्र, जवाफ आएको छैन (पत्रसहित)

  • शनिवार, श्रावण १६ २०७८

  • 772
    SHARES

  • छानबिनको माग गर्दै जिल्ला प्रशासनले भारतलाई पठायो पत्र, जवाफ आएको छैन (पत्रसहित)

    काठमाडौं – दार्चुलास्थित महाकाली नदीमा तुइन तरिरहेका एक नेपाली खसेर बेपत्ता भएका छन् । जिल्लाको ब्यास गाउँपालिकामा पर्ने उक्त तुइन तर्नेक्रममा तुइन चुडिएर उनी शुक्रबार बिहान बेपत्ता भएका थिए । बेपत्ता हुनेमा ब्यास–२ का ३३ वर्षीय जयसिंह धामी छन् ।

    धामीलाई भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी)ले तुइन काटेर नदीमा खसालिदिएको स्थानीयबासीले बताएका छन् । उनीहरुले नेपाल प्रहरीमा उजुरीसमेत दिइसकेका छन् ।

    धामी ब्यास गाउँपालिकाबाट भारतको बाटो हँुदै दार्चुला जिल्ला सदरमुकाम खलंगा आइरहेका थिए । तुइनमार्फत नेपालतर्फ आइरहँदा नदीमा खसेका हुन् ।

    एक स्थानीयबासीका अनुसार नेपाल तर्फबाट महाकाली नदीको आधा भागमा पुगेका धामी एसएसबीले भारतपट्टि बाँधिएको तुइनको तार काटिदिएपछि तारसँगै बेरिएर झरेर उनी बेपत्ता भएका थिए ।

    यता, मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र दिएका छन् ।

    यसैबीच घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष घानबिनको माग गर्दै भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी (डिएम)लाई आफूहरुले शुक्रबार दिउँसो नै पत्र लेखेर पठाएको दार्चुलाकी निमित्त प्रमुख जिल्ला अधिकारी जोत्सना भट्टले जानकारी दिइन् ।

    ‘घटना भएको केही घण्टापछि नै हामीले पिथौरागढका प्रमुख जिल्ला अधिकारीलाई सत्यतथ्य बुझेर पठाउन पत्राचार गरेका छौं, तर भारतीय पक्षको जवाफ भने आएको छैन’, उनले भनिन्, ‘नेपालको गृह मन्त्रालयमा पनि जानकारी भइसकेको छ ।’

    jilla_20210731022538.jpg


    शनिवार, श्रावण १६ २०७८०२:१७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij