Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना ग्राफ फेरि बढ्यो: ३६११ थपिदा १८१६ मात्रै डिस्चार्ज, २७ जनाको मृत्यु

कोरोना ग्राफ फेरि बढ्यो: ३६११ थपिदा १८१६ मात्रै डिस्चार्ज, २७ जनाको मृत्यु

  • शुक्रवार, श्रावण १५ २०७८

  • 502
    SHARES

  • कोरोना ग्राफ फेरि बढ्यो: ३६११ थपिदा १८१६ मात्रै डिस्चार्ज, २७ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७८३ जनाको पीसीआर परीक्षणमा २ हजार ४६७ र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १४४ जनामा गरी सो संख्यामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा १ हजार ८१६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
    आज थपिएका मध्ये काठमाडौं उपत्यकामा मात्र ८१९ जना रहेका छन् । जस्मा काठमाडौंमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जनामा संक्रमण देखिएको छ ।

    हालसम्म देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।
    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तिमध्ये ६८६ जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    शुक्रवार, श्रावण १५ २०७८०५:४५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij