काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ र १३७३ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३४२ पुगेको छ। तीमध्ये ९ हजार ८०७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेका छन्। जसमध्ये २७ हजार ३५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ६३६ जना आइसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९७, झापामा २७२, कास्कीमा २४८, सुनसरीमा १७०, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै चितवनमा ९६, मोरङमा ७२, मकवानपुरमा ६६, नवलपरासी पुर्वमा ५६, नुवाकोट र तनहुँमा ४५/४५ र रुपन्देहीमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
गोरखामा ३१, कैलालीमा २७, दाङमा २६, बागलुङमा २०, सुर्खेतमा १७, धनकुटामा १५, पाल्पामा १४, जुम्लामा १३, सिन्धुपाल्चोकमा १२, सिन्धुलीमा ११ तथा सर्लाही, काभ्रेपलाञ्चोक र अर्घाखाँचीमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।