काठमाडौँ – नेपालमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्सा, धनुषा र बाराका तीन जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगञ्जमा ६५ वर्षीय भारतीय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी मुटु तथा मधुमेहका बिरामी थिए ।
यस्तै धनुषाको डुमरियाका ३६ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले बताए । यस्तै बाराको फेटाका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोनिया र मष्तिस्कघातका बिरामी थिए ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए । यस्तै नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
गत चौबिस घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४९५० रहेको छ ।
गत चौबिस घण्टामा ६२६ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १६हजार ३ सय ७९ पुगेको छ । अहिले १३ हजार ७ सय ५४ जना क्वारेन्टिनमा रहेका छन् ।