Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी बैठक आज पनि देउवाको निजी निवासमा बस्दै

कांग्रेस पदाधिकारी बैठक आज पनि देउवाको निजी निवासमा बस्दै

  • बिहिवार, श्रावण १४ २०७८

  • 1.1K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक आज पनि देउवाको निजी निवासमा  बस्दै

    काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (बिहिबार) पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने छ ।

    बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए । बैठक बुधबार पनि बसेको थियो । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।

    सो समय बिहीबार दिउँसो सकिंदै छ । क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन निर्धारित मिति भदौ १६ मा नहुने निश्चित भइसकेको छ ।


    बिहिवार, श्रावण १४ २०७८०७:५८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij