Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रवीन्द्रको प्रस्तावले राष्ट्रिय राजनीति तरंगित, कांग्रेस र एमालेका यी नेताहरु पनि संघीयताको विपक्षमा

रवीन्द्रको प्रस्तावले राष्ट्रिय राजनीति तरंगित, कांग्रेस र एमालेका यी नेताहरु पनि संघीयताको विपक्षमा

  • मंगलवार, श्रावण १२ २०७८

  • 1.5K
    SHARES

  • रवीन्द्रको प्रस्तावले राष्ट्रिय राजनीति तरंगित, कांग्रेस र एमालेका यी नेताहरु पनि संघीयताको विपक्षमा

    काठमाडौँ – संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रस्तावले मुलुकको राजनीति तरंगित बनेको छ ।

    लामो समय पत्रकारितामा संलग्न रहेर वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेका मिश्रलाई अहिलेको अवस्थामा राजनीतिका सफल र बलिया पात्र मानिँदैन ।

    तर उहाँले एकाएक संघीयता खारेजीको प्रस्ताव ल्याएपछि राजनीतिक हलचल भने मच्चिएको छ ।

    मिश्रको प्रस्तावको पक्ष विपक्षमा सामाजिक सञ्जालहरुमा प्रतिक्रियाहरुको बाढी उर्लेको छ ।

    कतिपयले संघीयता खारेजीको प्रस्तावको समर्थन गरेका छन् भने कतिले मिश्रलाई राजसंस्थाको वकालत गर्ने कमल थापाको पार्टीमा प्रवेश गर्न सुझाव दिएका छन् ।

    तर रवीन्द्रको प्रस्तावमा बल पुग्ने गरी मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटा पनि संघीयताको विपक्षमा उभिएपछि यो विषय राष्ट्रिय राजनीतिको केन्द्रमा छाएको हो ।

    हुन त बाँस्कोटाले एमालेभित्र संघीयताबारे बहस चलाउने नेताहरु मध्ये पर्छन् । तर संघीयता खारेज गर्नुपर्ने मिश्रको प्रस्तावको भोलिपल्टै उहाँले नेपालमा संघीयताको एजेण्डा खुसुक्क घुसाइएको दाबी गर्नुलाई झनै अर्थपूर्ण रुपमा हेरिएको छ ।

    संघीयतामा कुनै देश किन गए भन्ने कुराको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपालमा जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाइएको उहाँको दाबी छ ।

    संघीयतासँगै धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस हुनुपर्ने नेता बाँस्कोटाको भनाई छ ।

    यता नेपाली कांग्रेसका युवा नेता डा. चन्द्र भण्डारीले पनि संघीयताबारे नयाँ बहस गर्नुपर्ने बेला निम्तिसकेको बताउनुभयो ।

    पर्र्याप्त अध्ययन र छलफलबिना नै संघीयता लादिएको उहाँले बताउनुभयो । राजनीतिक दलका नेताहरुलाई मात्रै रोजगारी दिने गरी स्थापित शासन पद्धतिले मुलुक चल्न नसक्ने उहाँको भनाई छ ।

    राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पनि आम जनताहरुलाई संघीयता मन नपरेको कुा स्पष्ट रहेको बताउनुभयो ।

    जनताले व्यक्त गरिरहेका विचारहरुतर्फ अब नेताहरु पनि बहकिन सुरु गरेको उहाँको टिप्पणी छ ।

    संघीयता खारेज नै हुनुपर्छ भन्नेमा आफू नरहे पनि जनतामा भने व्यापक निराशा छाइसकेको उहाँले बताउनुभयो ।

    तर संघीयता आफ्नो एजेण्डा रहेको दाबी गर्ने माओवादी नेताहरुले भने नेपालमा संघीयताको नतिजाको परीक्षण गर्ने बेला नै भैनसकेको दाबी गरेका छन् ।

    परिवर्तन विरोधी तत्वहरुले संघीयता खारेजीको कुरा उठाइरहेको माओवादी नेता देवेन्द्र पौडेलको दाबी छ ।

    सानो समूहले उठाएका कुरालाई ठूलो महत्व दिन आवश्यक पनि नरहेको उहाँले बताउनुभयो ।

    नेपालमा व्यवस्था पटक–पटक फेरियो तर जनताको अवस्था भने उस्तै रह्यो ।

    संघीयताले अपेक्षाअनुरुप नतिजा दिन नसकेपछि आम नागरिकहरुमा फेरि पनि निराशा छाएको छ ।

    नेताहरुले जनतामा छाएको निराशा सम्बोधन गर्न सकेनन् भने संघीयता ढल्न समय लाग्ने छैन ।


    मंगलवार, श्रावण १२ २०७८०७:४२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij