विराटनगर । विराटनगरको विराट नर्सिङहोममा कार्यरत थप चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेरका ५८ जनाको पीसीआर जाँच गर्दा चारजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।
२१, ३०, ३१ र ५६ वर्षीया नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको बताइएको छ । अस्पताल सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनीहरु क्वारेन्टाइनमा बसेका थिए ।
संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा भर्ना गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । अस्पताल सञ्चालकलाई भने काठमाडौं ल्याइएको छ ।