Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२,७१४ संक्रमित थपिए, मृत्यु कति?

२,७१४ संक्रमित थपिए, मृत्यु कति?

  • बिहिवार, श्रावण ७ २०७८

  • 1.0K
    SHARES

  • २,७१४ संक्रमित थपिए, मृत्यु कति?

    काठमाडौँ – पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् ।

    बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । तीमध्ये ९ हजार ९६६१ जनाको मृत्यु भएको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ५७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

    कुन जिल्लामा कति संक्रमित थपिए ?

    स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५३६, मोरङमा २४५, सुनसरीमा १४९, ललितपुरमा १३०, झापामा १०८ र कास्कीमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नवलपरासी पुर्वमा ९३, भक्तपुरमा ८५, मकवानपुरमा ४७, गोरखामा ३९, धादिङमा ३३, नुवाकोटमा २८, काभ्रेमा २५, बागलुङमा १६, स्‍याङजामा १४, चितवनमा १३, दाङ, रुपन्देही र सुर्खेतमा १२र१२ जना र सिन्धुपाल्चोकमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बिहिवार, श्रावण ७ २०७८०५:२४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij